अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । बागमती प्रदेश सांसद नरोत्तम वैद्यले आज महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

प्रदेश सांसद वैद्यले सर्वोच्चमा रिट दर्ता गरेको जानकारी दिनुभयो । ‘रिट दर्ता भएर प्रक्रियामा गइसक्यो,’ उहाँले भन्नुभयो ।

वैद्यले रिटमा कांग्रेसको महाधिवेशन पछि सार्न माग गर्नुभएको छ । ‘कोभिडका कारण नेपाली कांग्रेसको महाधिवेशन सारौँ भनेर रिट दायर गरेको हुँ,’ उहाँले भन्नुभयो ।