अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारी स्वास्थ्य सामग्रीमा कांग्रेसको स्टीकर, सुनिलबहादुर थापालाई कारबाही गर्न सांसद राईको माग

सरकारी स्वास्थ्य सामग्रीमा कांग्रेसको स्टीकर, सुनिलबहादुर थापालाई कारबाही गर्न सांसद राईको माग


काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले सरकारी स्वास्थ्य सामग्री राजनीति गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पठाएको स्वास्थ्य सामग्रीमा रुख र चारतारे झण्डाको स्टीकरण र सूर्यबहादुर थापा प्रतिष्ठानको लोगो राख्नुभएको छ ।

सरकारी स्वास्थ्य सामग्रीमा राजनीति गरेको भन्दै स्थानीयले सामग्री राखिएको होटल प्यासिफिक घेराउ गरेका छन् । स्थानीयले स्वास्थ्य सामग्री वितरणमा रोकसमेत लगाएका छन् ।

थापाले सरकारी अनुदानलाई व्यक्तिगत भन्दै कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि, अक्सिजन सिलिन्डर, सर्जिकल मास्क, अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर लगायत सामग्री वितरणको तयारी गर्नुभएको थियो ।

स्वास्थ्य सामग्रीको दुरुपयोग भएकाले प्रशासनले जफत गर्नुपर्ने एमाले धनकुटाका अध्यक्ष एवं सांसद राजेन्द्र राईले बताउनुभयो । उहाँले सरकारी स्वास्थ्य सामग्री जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थान समितिमार्फत् वितरण गरिनुपर्ने बताउनुभयो ।

स्थानीय प्रशासनलाई जफत गर्न आग्रह गरे पनि सत्तापक्षबाट अवरोध भएको भन्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख पछि हटेका छन् ।