अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली एमालेका सभालाई सम्बोधन गर्न काठमाडौं बाहिर निस्कने

अध्यक्ष ओली एमालेका सभालाई सम्बोधन गर्न काठमाडौं बाहिर निस्कने


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्लाहरूमा हुने पार्टीका वृहत्त आमसभाहरूलाई सम्बोधन गर्न काठमाडौं बाहिर निस्कनु हुने भएको छ ।

त्यसका लागि आगामी भदौ २७ गते गृह जिल्ला झापाबाट यो अभियान सुरू हुने भएको छ ।

लामो समयसम्म पार्टीमा विवाद भएका कारण कार्यकर्ताहरूमा अन्यौल उत्पन्न भएको, विभिन्न विषयमा भ्रम सिर्जना भएकोले त्यसलाई चिर्न र एकताको सन्देश दिनका लागि पनि केही नेताहरूका साथमा अध्यक्ष ओली काठमाडौं बाहिर निस्कने तयारी गर्नुभएको हो । यसैगरी सरकारले गरेका काम, पार्टी भित्रैबाट असहयोग आदिका विषयमा पनि अध्यक्ष ओलीले स्पष्ट पार्नु हुनेछ ।

त्यसका लागि अध्यक्ष ओलीले भदौ २७ गते विर्तामोडमा आयोजना हुने जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो ।

आज बसेको जिल्ला सचिवालयको बैठकले पार्टीका सबै कमिटी र जनवर्गीय संगठनहरूलाई २०७५ जेठ २ गतेको अवस्थमा अघि बढाउने निर्णय गरेको छ ।

यसैगरी, भदौ २१ गते जेठ २ कै हैसियतमा जिल्ला कमिटी बैठक आयोजना गरिएको कार्यलय सचिव शिव ढुंगेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।