काठमाडौं– प्रदेश-२ का दुई जना नेकपा एमाले सांसद्ले पार्टी नछोड्ने भएका न् ।
एमाले सांसद् सुन्दर विश्वकर्मा र सीता गुरुङले मूलधारबाट अलग नहुने बताउनुभएको हो । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने सूचीमा उहाँहरू दुवै जनाको नाम थियो ।
तर, उहाँहरू दुवै जना वीरगञ्जमा आयोजित नेकपा एमाले प्रदेश २ कमिटीको बैठकमा सहभागी हुनुभएको एमाले स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो । सीता र सुन्दर दुवै सांसद्ले आफूहरू एमालेमै रहेको र माधवको पार्टीमा सनाखत नगर्ने बताउनुभयो ।
एमाले छाडेर १० सांसद्ले आज एकीकृत समाजवादीमा सनाखत गरेका छन् । एक जनाले भने पत्रमार्फत सनाखत गरेका छन् ।






प्रतिक्रिया