अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘विएण्डसीमा हामी बन्धक होइनौं, पिडकलाई दबाब दिन बसेका हौं’

‘विएण्डसीमा हामी बन्धक होइनौं, पिडकलाई दबाब दिन बसेका हौं’


झापा– झापाको विएण्डसी अस्पतालले विरामी दम्पतीलाई छ महिनादेखि बन्धक बनाएर राखेको भन्ने सत्य नभएको आफन्तहरूले बताएका छन् ।

आज एक दैनिक पत्रिकामा आएको उक्त समाचारले अस्पतालमा उपचाररत विरामी तथा आफन्तहरूले यस बिषयले आफूहरूलाई गम्भिर आघात पुगेको जनाएका छन् ।

फागुनमा ट्रकको ठक्करबाट खुट्टा गुमाएका यामबहादुर श्रेष्ठले आफूलाई अस्पतालले राखेको नभइ पिडकलाई दबाब दिनका लागि अस्पतालमै बसेको बताउनुभएको छ । आज पत्रकार सम्मेलनमा यामबहादुरले पत्रिकाले क्षमा याचना गर्नुपर्ने माग गर्नुभएको छ ।

२०७७ फागुनमा रिजाल ग्यास कम्पनीको ठूलो गाडीले स्कुटरले ठक्कर दिँदा खड्का र श्रीमती सनम घाइते हुनुभएको थियो । खड्काको देब्रे खुटा काटिएको छ भने सनमका शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
तर, ठक्कर दिने चालक अहिलेसम्म सम्पर्कमा नआएको, जिल्ला प्रशासन कार्यालय झापामा यस बिषयमा मुद्ध चलिरहेकोले थप दबाबका लागि आफूहरूले अस्पताल नछोडेको श्रेष्ठ दम्पतीको भनाइ छ ।

अस्पतालले अहिलेसम्म आफूहरूलाई उपचार र हेरचाहमा कुनै कमी हुन नदिएको पनि उहाँहरूले बताउनुभएको छ ।
समाचारमा ३० लाख तिर्न नसक्दा छ महिनादेखि बिरामी बन्दक भन्ने समाचार प्रकाशन गरेकोले त्यसलाई स्पष्ट पार्न पिडित परिवारले आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । त्यहाँ पिडितका भाइ खेमबहादुरले दाइ भाउजु घर जाँदा ट्रक धनीले क्षतिपूर्ती रकम नदिने भएकोले अस्पतालमै बसेको बताउनुभएको छ ।

गत फागुनमा झापाको कनकाइमा १-०१-००१ च ०१६७ नम्बरको कारले १-०१-०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खड्का दम्पती घाइते हुनुभएको थियो । अहिले उहाँहरुको स्वास्थ्य ठीक भएको अस्पतालले जनाएको छ ।