काठमाडौं– भारतसँगको पहिलो मैत्रिपूर्ण फुटबल म्याचमा नेपाल १-१ को बराबरीमा रोकिएको छ ।
कडा प्रतिस्पर्धात्मक खेलमा नेपालले पहिलो हाफमै अग्रता लिएको थियो । नेपाललाई खेलको ३६औँ मिनेटमा अञ्जन विष्टले अग्रता दिलाए ।
नेपालले १-० को अग्रता जोगाउन सकेन । दोस्रो हाफमा भारतले एक गोल अर्गै खेल १-१ को बराबरीमा ल्यायो । उसका लागि खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल फर्कायो ।
कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाएपनि पूर्ण रूपमा क्लियर हुन सकेन ।
सोही बललाई अनिरुद्ध थापाले गोललाइनबाटै गोल गरे । नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ ।
प्रतिक्रिया