काठमाडौं -महानगरपालिका– १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ ।
खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको बिहीबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ ।
तीन महिनाअघि मात्र उनमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गरेका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो ।
विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएका थिए । २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित भएका वडा सदस्य मधुसुदन प्रधानले जानकारी दिनुभयो ।
पञ्चायतकालमा पनि उनी वडा सदस्यमा निर्वाचित भएका थिए ।
नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्रद्धाञ्जलिका लागि उनको शव वडा कार्यालयमा लगिने छ । दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने वडा सदस्य प्रधानले दिनुभयो ।
श्रेष्ठको निधनमा आज काठमाडौं महानगरले सबै कार्यक्रम रद्ध गरेको छ । यसैगरी महानगर अन्तरगतका सम्पूर्ण कार्यलयहरु बन्द गरेकोे जनाएको छ ।
प्रतिक्रिया