काठमाडौं -नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले राष्ट्रघाती सम्झौता गर्न लागेको बताउनुभएको छ ।
अस्थिर राजनीतिक अवस्थामा एमसीसीका उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुँदै गरेको रावलले ट्विटरमा उल्लेख गर्नुभएको छ । ‘यो सरकार जनअनुमोदित पनि नभएको र देशलाई दीर्घकालिन असर गर्ने कुनै सम्झौता गर्ने अधिकार पनि नभएको’ रावलले उल्लेख गर्नुुभएको छ ।





प्रतिक्रिया