अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यूयोर्कमा आएको बाढीले एकै परिवारका तीन नेपालीको मृत्यु

न्यूयोर्कमा आएको बाढीले एकै परिवारका तीन नेपालीको मृत्यु


न्यूयोर्क- अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा परी एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।

आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परि सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाले ज्यान गुमाएका छन् । उनीहरु न्युयोर्कको उडसाइडस्थित एउटा घरको बेसमेन्टमा बस्दै आएका थिए ।

उनीहरु सुतेको समयमा घरभित्र बाढी पसेको जनाईएको छ । लामा परिवारको मृत्यु लगत्तै सुरक्षा निकायले बिहानै उनीहरुको शव व्यवस्थापन गरी छानबिन प्रक्रिया अगाडि बढाएको जनाइएको छ । मृतक लामाको परिवार विगत १४ वर्षदेखि न्युयोर्कमा बसोबास गर्दै आएको थियो ।

अमेरिकास्थित नेपाली दूताबासले भने यस विषयमा न्युयोर्क आधिकारीक जानकारी गराएको छैन । स्थानीय क्यूएनएस अनलाइनले पनि तीन नेपालीको मृत्यु भएको समाचार प्रकाशित गरेको छ ।