अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोग र सभामुख विरुद्ध एमालेले दायर गरेको मुद्धाको सुनुवाइ आज

निर्वाचन आयोग र सभामुख विरुद्ध एमालेले दायर गरेको मुद्धाको सुनुवाइ आज


काठमाडौं -नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा हालेको मुद्दाको आज शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजनविरुद्ध दायर गरेको रिट निवेदन न्यायाधीश मीरा खड्काको एकल इजलासमा आज सुनुवाइका लागि पेसी तोकिएको हो। एमालेबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालको पक्षले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेपछि एमाले अध्यक्ष ओलीले गत बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो।
निर्वाचन आयोगविरुद्ध दायर रिट निवेदनमा बदनीयतपूर्ण र अनधिकृत व्यक्तिहरूले गरेको हस्ताक्षरलाई मान्यता दिएको दाबी गर्दै अन्तरिम आदेश माग गरिएको छ।

यस्तै आफूले कारबाही गरेका १४ जना एमाले सांसदलाई पदबाट हटाउने निर्णय नगरेको अभियोग सभामुख अग्नि सापकोटालाई लगाइएको छ।

यस्तै रिट निवेदनमा लुम्बिनी प्रदेशका सभामुखले पनि आफ्नो पार्टीको पत्रबमोजिम प्रदेश सांसदहरूलाई कारबाही नगरेको अभियोग लगाइएको छ।