काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवाले भक्तपुर जिल्ला सभापति दुर्लभ थापासँग चुनाव लड्न एमाले नेता महेश बस्नेतलाई चुनौती दिनुभएको छ ।
भक्तपुरको सूर्यविनायक- ५ कटुञ्जेमा पुगेर सभापति देउवाले एमाले नेता तथा सोही क्षेत्रका सांसद महेश बस्नेतलाई आउने चुनाव जितेर देखाउन चुनौती दिनुभएको हो ।
‘महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन् । बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्,’ उहाँले भन्नुभयो ।
भक्तपुर क्षेत्र नम्बर २ मा बस्नेतले २०७४ सालको आम निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतान्तरमा पराजित गर्नुभएको थियो ।





प्रतिक्रिया