पर्वत -पर्वतमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । अविरल वर्षासँगै कुश्मा नगरपालिका ३ दुर्लुङमा माधव शर्माको घर भत्किँदा एउटै परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षकी कौशिला पौडेल, ३५ वर्षकी भगवती, १६ वर्षकी विमला, ११ वर्षकी विनिता र ९ वर्षका विनोद पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार पर्वतको मोदी–५ आम्बोटमा पहिरोले पुरिँदा फूलमाया थापाको मृत्यु भएको छ । कुश्मा–११ पकुवामा पहिरोले घर पुरिँदा मायाकुमारी पौडेल र उहाँका ३ वर्षका छोराको मृत्यु भएको छ । मायाकुमारीकी सासू डल्ली पाध्या पौडेल वेपत्ता हुनुहुन्छ । उहाँको खोजी कार्य जारी रहेको छ ।
त्यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया