भक्तपुर -नेकपा एमालेका नेता महेश बस्नेतले काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापालाई हराउने जिम्मा आफूले लिने बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले केहीबेर भक्तपुरमा आयोजित एक कार्यक्रममा दुर्लभलाई हराउन महेश बस्नेतलाई चुनौति दिनुभएको थियो ।
त्यसको केहीबेरपछि भक्तपुरकै सूर्यविनायक नगरपालिकामा आयोजित एमाले नगरस्तरीय बैठकलाई सम्बोधन गर्दै बस्नेतले प्रधानमन्त्री देउवालाई जवाफ फर्काउनु भएको हो । ‘प्रधानमन्त्रीजीले दुर्लभलाई हराएर देखाउन भन्नुभएछ ’ बस्नेतले भन्नुभयो ‘त्यसको जिम्मा म लिन्छु । भक्तपुरमा काँग्रेस हाम्रो प्रतिवन्दी पार्टी होइन । ’





प्रतिक्रिया