काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका वडा–१९ का अध्यक्ष शशीलाल श्रेष्ठको अकल्पित निधनले अत्यन्तै मर्माहत र स्तब्ध बनाएको बताउनु भएको छ । आज एक शोकसन्देशमाफर्त उहाँले यस्तो शोक व्यक्त गर्नुभएको हो । ‘६५ वर्षको उमेरमा भएको उहाँको अकल्पित निधनले हामीलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ,’ शोकसन्देशमा भनिएको छ,’ ‘दुःखको यो घडीमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै उहाँको चिरशान्तिको कामना व्यक्त गर्दछौँ ।’
शाक्यले स्वर्गारोहन श्रेष्ठ महानगरपालिकाको सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एकचित्त भएर लाग्ने एक जेहनदार व्यक्ति भएको पनि उल्लेख गर्नुभएको छ । ‘०४९ सालदेखि निरन्तररुपमा वडा–१९ बाट जनप्रतिनिधिका रुपमा सेवा गर्दै आउनु भएका उहाँको निधनबाट काठमाडौँ महानगरपालिकाले सरल, असल, मृदुभाषी, निडर, महानगरपालिकाको सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एकचित्त भएर लाग्ने एक जेहनदार अभिभावक गुमाएको छ,’ शाक्यले भन्नुभएको छ, ‘उहाँ २०१३ साल पुस १४ गते जन्मिनु भएका श्रेष्ठ विगत डेढ महिनादेखि खाना नलीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीवार साँझ ५ बजेर ३६ मिनेटमा निधन भएको हो ।’
काठमाडौँ महानगरपालिकाको विकास र समृद्धिमा श्रेष्ठले गर्नुभएको अतुलनीय योगदानको पनि प्रमुख शाक्यले उच्च प्रशंसा गर्दै उहाँलाई काठमाडौँ महानगरपालिकाले सधैँ स्मरण गरिरहने उल्लेख गर्नुभएको छ । ‘उहाँको निधनमा शोक मनाउँदै काठमाडौँ महानगरपालिकाले आज एक दिन काठमाडौँ महानगरपालिकाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ,’ शोकसन्देशमा भनिएको छ,’ ‘दिगङ्गत श्रेष्ठको चिरशान्तिको कामना गर्दै सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र महाननगसवासीको तर्फबाट वेदनाग्रस्त परिवारजनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछौँ ।’ स्वर्गारोहन श्रेष्ठका ३ छोरी, १






प्रतिक्रिया