अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफ्नै सरकारविरुद्ध एकीकृत समाजवादीका विद्यार्थीहरु

आफ्नै सरकारविरुद्ध एकीकृत समाजवादीका विद्यार्थीहरु


काठमाडौं- आफ्नै सरकारका विरुद्ध नेकपा (एकीकृत समाजवादी)का विद्यार्थीहरु आफ्नै पार्टीको समर्थनमा बनेको सरकार विरुद्ध आन्दोलित भएको छ ।

भारतको केन्द्र सरकारले यो घटनाबारे नेपाली पक्षले कुनै जानकारी नगराएको भनेको भोलीपल्ट विद्यार्थीहरुले शेरबहादुर देउवा सरकारको विरुद्ध आन्दोलन गरेका हुन् । उनीह्रुले घटनाको विरोध गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।

विद्यार्थीहरुले शुक्रबार रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै मोदीको पुत्ला जनाएका हुन् । उनीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी०ले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा बसेका थिए । घटनाबारे छानविन गर्न बनाएको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ ।

तर घटनाको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाउने काम समेत नगरेको भन्दै सरकारको पनि आलोचना भइरहेको छ ।