अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामदेव गौतमद्वारा नेकपा एमालेबाट राजिनामा

वामदेव गौतमद्वारा नेकपा एमालेबाट राजिनामा


काठमाडौं -नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजिनामा दिनुभएको छ। शुक्रबार साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर गौतमले राजीनामा बुझाउनुभएको हो ।
स्वकीय सचिव दीपक टमाटाका अनुसार गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्र बुझाउनुभएको छ ।
गौतमले एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएर घर फर्किनुभएको छ ।
एमाले विभाजित भएपछि पनि तटस्थ बसिरहेका गौतमले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर जाने तयारी गरिरहनु भएको छ ।