अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अरनिको पाँडे योजना आयोगको सल्लाहकार नियुक्त

अरनिको पाँडे योजना आयोगको सल्लाहकार नियुक्त


काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाका व्यवसायिक साझेदार अरनिको पाँडे राष्ट्रिय योजना आयोगको वरिष्ठ सल्लाहकारमा नियुक्त हुनुभएको छ । आयोगका उपाधक्ष्य विश्व पौडेललाई पनि राणाका व्यावशायीक साझेदार भन्ने गरिएको छ ।

पाँडेले ट्वीटमार्फत आफू योजना आयोगको वरिष्ठ सल्लाहकारमा नियुक्त भएको जानकारी दिनुभएको छ । वरिष्ठ सल्लाहकारमा नियुक्त भएका पाँडे युलेन्स स्कुलका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । युलेन्स स्कुलमा प्रधानमन्त्रीपत्नी आरजुको पनि लगानी छ ।

ुम योजना आयोगको वरिष्ठ सल्लाहकारमा नियुक्त भएको छु । मलाई आशा छ योजना र नीति निर्माणमा मैले योगदान गर्न सक्छु । यसबापत मैले कुनै सुविधा लिनेछैन,ु उहाँले लेख्नुभएको छ । आफ्नो फुर्सदको समय योजना आयोगमा दिने उहाँको भनाइ छ ।