अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा तीन शीर्ष नेताहरुवीच भेटवार्ता सुरु

बालुवाटारमा तीन शीर्ष नेताहरुवीच भेटवार्ता सुरु


काठमाडौं- सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताहरु शनिवार पनि भेटवार्तामा जुटेका छन् ।

मन्त्रालय भागबण्डा नमिलेपछि शीर्ष तीन नेता निरन्तरजसो छलफलमा जुटिरहेका छन् ।शनिवार बिहान १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको हो ।

शुक्रबार साँझ पनि देउवा, प्रचण्ड र नेपालबीच करिब दुई घण्टा छलफल भएको थियो । महत्वपूर्ण मन्त्रालयहरुमा दलहरुको दावी प्रस्तुत भएपछि भागवण्डा टुंग्याउन सकेको छैन ।मन्त्रालयको संख्या टुंगिएपनि कुन कुन मन्त्रालय कसलाई भन्ने विषयमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन ।