अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा


काठमाडौं– पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलनकुमार थापा नियुक्त हुनु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गर्नुभएको हो ।

यसअघि चार वर्षे कार्यकाल कोषको कोषाध्यक्षका रूपमा काम गरेका थापाले शुक्रबार नै कार्यालयमा गई पदबहाली गर्नुभएको छ । थापाले कोषाध्यक्ष हुँदा अपूरा रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पशुपति क्षेत्रको गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ ।