काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई कुर्सीमा बस्ने अधिकार नभएको बताउनुभएको ।
गृहजिल्ला अछामका एमाले कार्यकर्ताहरूसँग आज काठमाडौंमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
‘भारतीय सुरक्षाकर्मीको संलग्नतामा भएको नेपाली नागरिको हत्याबारे कुनै स्वाभिमानी देशको सरकारले त्यस्तो प्रतिवेदन ल्याउँछ?,’ उपाध्यक्ष रावलले प्रश्न गर्नुभयो, ‘भारतीय सुरक्षाकर्मीको उपस्थिति मात्रै भनेर के गर्न खोजेको सरकारले? यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन ।’
रावलले ५० दिनसम्म पनि सरकार विस्तार नगर्नु प्रधानमन्त्री देउवाको अयोग्यताको सूचक रहेको पनि बताउनुभयो ।
‘५० दिनसम्म सरकार विस्तार नगर्ने यो अयोग्यता हो । यो कुनै स्वाधीन देशको सरकार हुनै सक्दैन,’ उहाँले भन्नुभयो, ‘यो सरकारका गतिविधि स्वाभिमानी कुनै देशभक्त नागरिकलाई मान्य हुँदैन ।’





प्रतिक्रिया