अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेको सरकार ‘जनतामारा’ सरकार हो : अध्यक्ष ओली

अहिलेको सरकार ‘जनतामारा’ सरकार हो : अध्यक्ष ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा आफ्नो पाटी झन् बलियो हुने बताउनुभएको छ । आज एमाले काठमाडौं महानगर कमिटीद्वारा आयोजित बृहत् भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘आगामी दिनमा अझै ठूलाठूला सफलता प्राप्त गर्छौं । अहिले पनि पार्टी फुटेको होइन । केही बिग्रिएका तत्वहरू गएका हुन् । चोइटिएका हुन् । अहिलेको सरकार ल‌गुंरमा दौड्नेहरूको सरकार हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले माधव नेपालहरू स्वार्थ पूरा गर्न नसकेपछि छुट्टिएका बताउनुभयो । साथै, अध्यक्ष ओली अहिलेको सरकार ‘जनतामारा’ सरकार भएको बताउनुभयो । उहाँले अहिलेकाे सरकारले भूमि आयोग खारेज गरेर जनताका समस्या कायमै राख्न खोजेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले अघिल्लो सरकारले गरेका विकास निर्माण कामलाई अहिलेको सरकारले अगाडि नबढाएको पनि बताउनुभयो ।