काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल जस्तो लाजसरम पचेको व्यक्ति जिन्दगीमा नदेखेको बताउनुभएको छ ।
आज एमाले काठमाडौं महानगर कमिटीद्वारा आयोजित बृहत् भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘माधव नेपाल जस्तो मान्छे जिन्दगीमा कहिँ पनि देखेको छैन। नेपाल मात्र होइन दुनियाका धेरै देशहरूमा म पुगे तर माधव नेपाल जस्तो सरम पचेको मान्छे देखिन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अस्तिसम्म जुन खाटमा बसिराख्या थे थिए, त्यही खाटमा बन्चराले हान्या हान्यै छन् । अस्तिसमम जुन पिर्कामा बसेका थिए त्यो पिर्का भाँच्याभाँचै छन् । जुन मन्दिरमा पूजा गरेका थिए त्यही मन्दिरमा थुक्याथुक्यै छन् ।’
त्यस्तै, उहाँले चुनावपछि एमालेको सरकार बन्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले फेरि एमालेको सरकार बनेपछि बाढकिा कारण बन्द भएको मेलम्चीको पानी फेरि काठमाडौं आउने बताउनुभयो ।





प्रतिक्रिया