अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको प्रश्न : चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बन्यो?

अध्यक्ष ओलीको प्रश्न : चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बन्यो?


काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नरहेको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित कार्यकर्ता भेलामा उहाँले कसैलाई खुसी पार्नका लागि सरकारले चीनसँगको सीमा अध्ययनका लागि समिति गठन गरेको बताउनुभएको हो ।

‘चीनसँग कुनै सीमा विवाद छँदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्‍यो? कसलाई खुसी पार्न?,’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘यो समितिले सीमा विवाद देखाओस् चुनौती दिन चाहन्छु ।’

वर्तमान सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको उहाँले आरोप लगाउनुभयो ।

केही दिनअघि मन्त्रिपरिषद्को बैठकले चीनले हुम्लामा नेपालको भूमि मिचेको भन्दै त्यसको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।