अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज १२६८ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु

आज १२६८ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु


काठमाडौं– गत २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ८७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३८६ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा २८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, आज २ हजार १९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्

त्यस्तै, आज ९ संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।

हाल सक्रिय संक्रमित ३१ हजार ८२६ सय छन् । यसैगरी हालसम्म निको हुनेको दर ९४.५ प्रतिशत रहेको छ।