अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रेमा आएर चुनाव लड्न माधव नेपाललाई गोकुल बास्कोटाको चुनौती

काभ्रेमा आएर चुनाव लड्न माधव नेपाललाई गोकुल बास्कोटाको चुनौती


काभ्रे– नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई काभ्रेमा आफूसँग चुनाव लड्न चुनौती दिनुभएको छ ।

बनेपामा आज आयोजित एमाले काभ्रेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेपाललाई यस्तो चुनौती दिनुभएको हो ।

‘चुनावको खालमा बसेका कांग्रेस-एमाले नै हुन्, अरू सबै च्याखे दाउ हुन्,’ उहाँले भन्नुभयो, ‘नेकपा एकीकृत समाजवादी दललाई काभ्रेमा जमानत जफत गराइदिने छौँ ।’

बास्कोटाले जनताले एमालेलाई दिएको मत कांग्रेसको पाउमा लगेर शेरबहादुर देउवालाई बेच्नेहरूले आफूमाथि प्रश्न उठाउने नैतिक हैसियत नराख्ने बताउनुभयो ।

प्रदेशसभामा एमालेबाट जितेर नेकपा नेकपा एकीकृत समाजवादी लागेका लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईँलाई अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन पनि उहाँले चुनौती दिनुभयो ।