अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक/दुई जना चोटिएर जाँदैमा एमालेलाई केही असर पर्दैन : डोरमणि पौडेल

एक/दुई जना चोटिएर जाँदैमा एमालेलाई केही असर पर्दैन : डोरमणि पौडेल


हेटौँडा– नेकपा एमालेका नेता एवम् वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उच्च मनोवलका साथ जनतालाई केन्द्रमा राखेर काम गर्न नेकपा एमालेका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

हेटौँडाको पशुपतिनगरमा युवा सङ्घद्वारा आज आयोजित कार्यक्रममा उहाँले विकास निर्माणको लहरबाट आत्तिएकाहरुले पार्टीमाथि प्रहार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले जुझारु र इमान्दार कार्यकर्ताले बनेको पार्टी हो, एक/दुई जना चोटिएर गए पनि पार्टीलाई केही असर पर्दैन ।’

नेता पौडेलले एमाले छोड्नेहरूले समाजमा भ्रम छर्न सक्ने भन्दै त्यस्ता भ्रम चिर्न एमालेका नेता तथा कार्यकर्ता अत्यन्त जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।