अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपेन्द्र यादव मधेसमा जातीय विषको विजारोपण गर्दैछन् : राजेन्द्र महतो

उपेन्द्र यादव मधेसमा जातीय विषको विजारोपण गर्दैछन् : राजेन्द्र महतो


जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेसभन्दा पनि जातीयवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाउनुभएको छ । उहाँले अहिले केही व्यक्तिलाई फाइदा भए पनि आउने दिनमा मधेसलाई गम्भीर क्षति हुने चेतावनी दिनुभयो ।

जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले आफूलाई मधेसमा एउटा वैकल्पिक शक्ति निर्माणको लागि अग्रसर भइरहेको अवस्थामा उपेन्द्रसँग पार्टी एकता गरे पनि उहाँले धोका दिएको आरोप लगाउनुभयो । ‘हामी मधेसी एकतावाद जिन्दावादको नारा लगाउँदै थियो, उपेन्द्रसँग एकता गरियो । तर उनले एकतालाई गलत रुपमा बुझे । जसकारणले एकता टिकेन ।’

महतोले मधेसको जनतालाई अब मूर्ख बनाउन नसकिने भन्दै सारा परिस्थितिको विषयमा जनता जानकार रहेको कारणले आउने दिनमा सबै परिस्थितिलाई लिएर जनताको बिचमा जाने बताउनुभयो । उहाँले केही व्यक्तिलाई लोभ दिएर आफूतर्फ ताने पनि केही दिनमा उनीहरुको भ्रम निवारण भएर पछुतो मात्रै गरिने ठाउँ रहेको बताउनुभयो । –न्युज कारखाना