अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अनुशासित र एकताबद्ध बनाउने अध्यक्ष ओलीको घोषणा

एमाले अनुशासित र एकताबद्ध बनाउने अध्यक्ष ओलीको घोषणा


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताउनुभएको छ ।

काठमाडौं महानगर कमिटीले आज यहाँ आयोजना गरेको बृहत् कार्यकता भेलालाई आज सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने धारणा राख्नुभयो । ‘पार्टीलाई निष्ठावान, व्यक्तिगत स्वार्थमा कुद्ने नभई पार्टीको आर्दश उद्देश्य र कर्तत्वप्रति निष्ठावान बनाइने छ,’ उहाँले भन्नुभयो, ‘पार्टी अब अनुशासित र एकताबद्ध हुनेछ ।’

नेता ओलीले आगामी निर्वाचनपछि पार्टीको सरकार बन्ने र मेलम्चीको पानी काठमाडौंमा आउनेसमेत बताउनुभयो । उहाँले आफूहरू जनताका बीचमा गएर आफूले गरेका राम्रो कामको प्रचार गरेर निर्वाचनमा जाने बताउनुभयो । उहाँले सत्तापक्षका गठबन्धनविरुद्ध आफ्नो पार्टी एक्लै निर्वाचनमा जानेसमेत बताउनुभयो ।

‘उहाँहरूलाई मोर्चा कसेर एमालेका विरुद्ध चुनाव लड्न आग्रह गर्न चाहन्छु, त्यसैले मिलेर आए जमानत जोगिन्छ’, उहाँले भन्नुभयो, ‘एमाले कुनै वैशाखी टेकेको पार्टी होइन । जनता र देशको विकास गर्ने पार्टी हो । त्यसका कारण पार्टी एक्लै चुनाव लडछ र चुनाव जित्ने छ ।’

उहाँले चीनसँग कुनै पनि सीमा विवाद नभएको र सीमा सम्बन्धमा छानबिन समिति बनाउन कुनै आवश्यक नभएको जानकारी दिनुभयो । उहाँले एमालेले केही गलत व्यक्तिलाई उम्मेदवार बनाएको हुनाले एमालेको सरकार ढलेको आरोप लगाउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले आफू अलि धेरै थकित भएर सामान्य ज्वरो आएको जानकारी दिनुभयो ।