अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा आज ३०५ मा कोरोना संक्रमण

प्रदेश १ मा आज ३०५ मा कोरोना संक्रमण


विराटनगर– पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ६६२ जनाको पिसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा ७० मध्ये विराटनगरमा ५३, सुनसरीमा ६३, झापामा २९, धनकुटामा नौ, इलाममा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३९१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २०१ महिला र १९० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।