संखुवासभा- संखुवासभामा अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर बोकेको मिनी ट्रक शनिबार राति दुर्घटनामा परेको छ।
दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा अरुण तेस्रोका १० जना मजदुर घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
दुर्घटनामा चालक धनकुटा घर भएका अन्दाजी ३० वर्षीय जनक पाण्डेको मृत्यु भएको हो।
नुमबाट सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८०८३ नम्बरको मिनी ट्रक चिचिला गाउँपालिका–१ पात्तलमा दुर्घटनामा परेको एसपी खतिवडाले बतासनुभयो ।





प्रतिक्रिया