काठमाडौं- नेकपा एकीकृत समाजवादीले तत्काल पार्टी संगठनको काम अघि बढाउन प्रदेश ईन्चार्ज तोकेको छ ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले उपत्यका र विशेष क्षेत्र ईन्चार्जसमेतको जिम्मेवारी दिएको छ । तर, सुदूरपश्चिममा ईन्चार्ज दिने नेता भेटिएनन् ।
प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथप्रसाद साह, वागमतीमा केदार न्यौपाने, गण्डकी प्रदेशको इन्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इन्चार्जमा भागवत विश्वासी, कर्णाली प्रदेशको इन्चार्जमा प्रकाश ज्वाला तोकिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा भने इन्चार्ज तोकिन बाँकी छ । उपत्यका प्रदेशको इन्चार्जमा विश्वनाथ प्याकुरेल र विशेष प्रदेश इन्चार्जको जिम्मा विजय गुरुङलाई तोकिएको छ ।





प्रतिक्रिया