अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग


काठमाडौं- शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।

शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरुले गर्भनरको राजीनामा माग गरेका हुन् । राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यसअघि यस्तो सीमा तोकिएको थिएन ।

करोडौं रकमको शेयर भएपनि त्यो धितोमा राखेर जम्मा १२ करोड रुपैयाँमात्रै ऋण लिन अब सक्नुहुनेछ । यो व्यवस्थापछि लगातार शेयर बजार घटिरहेको छ ।