काठमाडौं– ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् । उनीहरूले ८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरेका हुन् ।
करिब पाँच दर्जन कैदीबन्दीहरूले कारगारको सीआरसी ब्लकमा चौकीदारविरुद्ध आज प्रदर्शन गरेपछि कारागारभित्र सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।
प्रदर्शनमा सहभागीहरूले कारागारका नाइके शिव चौधरी, रिकेश अधिकारी, सविन केसी, शम्भू कार्की, अरुणकुमार महतो, विशाल विष्ट तथा सहनाइके देवेन्द्र तिमल्सिना र दीपक कर्णलाई कारागार स्थानान्तरणको मागसमेत राखेका छन् ।
कारगार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले चौकीदारहरुले हिनामिना गरेको पुष्टि भए तत्काल कारबाही हुने बताउनुभयो ।
नख्खु कारागारमा करिब १४ सय जना कैदीबन्दी रहेका छन् ।






प्रतिक्रिया