अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच प्रतिशत बढीले घटे पनि नेप्सेले रोक्यो शेयर कारोबार

पाँच प्रतिशत बढीले घटे पनि नेप्सेले रोक्यो शेयर कारोबार


काठमाडौं– उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले कारोबार रोकेको छ । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो ।

कारोबार सुरू भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएको छ । लगातार नेप्सेमा गिरावगट देखिएपछि कारोबार रोकिएको हो । नेप्से १४७.३१ बिन्दुले अर्थात् ५.०३ बिन्दुले ओरोलो लागेर दुई हजार ७७९.६८ मा रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २६.९३ अङ्कले ओरालो लागेर ५१४.८४ मा सीमित भएको छ । कूल २१५ कम्पनीका एक करोड ४८ लाख ३१ हजार ७३८ कित्ता शेयर रु सात अर्ब १९ करोड ९० लाख ३५ हजार ६७१ मूल्यमा खरिदबिक्री भएका थिए ।