काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको दोहोर्याउनुभएको छ । उहाँले एमसीसी सम्झौता गर्नेहरू नेपाली मन भएकाहरू नभएको पनि गम्भीर आरोप लगाउनुभयो ।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने समेत टिप्पणी गर्नुभयो ।
एमसीसी सम्झौताको पुनरावलोकन गर्ने अधिकार एमसीसीलाई मात्रै रहेको उनको दावी छ ।
‘नेपाल सरकारको निर्णय अधिकारलाई सीमित पारिएको छ । सरकारले कुनै निर्देशन दिन नसक्ने, नीति निर्माण गर्न नसक्ने,र जुन मिलिनियम च्यालेन्ज अकाउन्ट भन्ने कार्यालय खोलेको छ, कस्तो भ्रम सिर्जना गर्न खोजिएको छ भने त्यसको प्रमुख नेपालको अर्थसचिव,बोर्डको प्रमुख पनि नेपालकै, तर त्यो बोर्ड र त्यो मिलेनियम च्यालेन्ज एकाउन्टले नेपाल सरकारको कुनै निर्देशन नमान्ने,सिधै एमसीसीको निर्देशन मान्ने भनिएको छ,’ उहाँले प्रश्न गर्नुभयो, ‘यो कल्पना गर्न सकिन्छ? के अमेरिकाले आफ्नो देशको कुनै कार्यालयलाई त्यसरी विदेशीको निर्देशनमा राख्न तयार हुन्छ?’





प्रतिक्रिया