अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानमन्त्री ओली नेपाल र भारतबीचको फुटबल म्याच हेर्न रंगशाला जाने

पूर्वप्रधानमन्त्री ओली नेपाल र भारतबीचको फुटबल म्याच हेर्न रंगशाला जाने


काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल खेल हेर्नुहुने भएको छ । उहाँले दशरथ रंगशालामै पुगेर नेपाल र भारतबीचको खेल हेर्नुहुने भएको हो ।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा पनि नेपाल, बंगलादेश र कीर्गिस्तानबीचको त्रिदेशीय म्याच रंगशालामै पुगेर अवलोकन गर्नु भएको थियो ।

नेपाल र भारतबीचको म्याच साँझ ५ः३० बजेदेखि सुरू हुँदैछ ।