अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वी झापा र पश्चिमी सीमा कञ्चनपुरका जनप्रतिनिधीको सन्देश : हाम्रो साथ एमालेलाई

पूर्वी झापा र पश्चिमी सीमा कञ्चनपुरका जनप्रतिनिधीको सन्देश : हाम्रो साथ एमालेलाई


काठमाडौं–  पूर्वी सिमा झापामा माधव नेपाललाई साथ दिने मान्छेको खोजी भइरहँदा पश्चिम सिमा कञ्चनपुरमा पनि हालत उस्तै देखिएको छ । झापामा माधव नेपालले बनाएको समानान्तर कमिटीका अधिकांश नेता/कार्यकर्ता एमाले मै रहने भएपछि उक्त समूहलाई निम्तिएको संकट कञ्चनपुरमा पनि दोहोरिएको छ ।

झापामा अर्जुनधारा नगरपालिकाका मेयर हरि राना र भद्रपुर नगरपालिकाकी उपमेयर चन्द्रा श्रेष्ठ विगतमा माधव नेपालको पक्षमा क्रियाशिल हुनुुहुन्थ्यो । एमाले जिल्ला सचिवालयको बैठकमा राना र श्रेष्ठ नै उपस्थित भएपछि नेपाल समूह रानोबिनाको मौरीको हालतमा पुगेको छ । ‘म पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष सम्पर्कमै छु । उहाँकै निर्देशनअनुसार एमालेलाई मजबुद बनाउन लाग्ने हो,’ भद्रपुर नगरपालिकाकी उपमेयर चन्द्रा श्रेष्ठले नेपालीबहस डट कमसँग भन्नुभयो, ‘२०५४ मा झापाले विभाजनलाई साथ दिएर गल्ती गरेको थियो । यसपालि त्यो गल्तीलाई सच्याएको छ ।’

पूर्वी सीमा झापाले दिएको एकता सन्देश पश्चिमी सीमा कञ्चनपुरमा पनि मेल खाएको छ । कञ्चनपुरमा एमालेले जितेका पाँच वटा प्रमुख र सात वटा उपप्रमुखमध्ये चार जना प्रमुख सबै अर्थात् सातै जना जना उपप्रमुख एमालेमा बसेका छन् । तटस्थ बसिरहनुभएकी दोधारा चाँदनी नगरपालिकाकी उपप्रमुख चिनी गिरी एमालेकै पक्षमा उभिनुभएको छ ।

दकोट नगरपालिकाका प्रमुख अशोक चन्द, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट, कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण हमाल र बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा एमालेमै बस्नु भएको छ । पुुनर्वास नगरपालिकाका प्रमुख जीवन थापा मात्र नेपाल समूहतिर लाग्नुभएको छ ।

बेदकोटकी उपप्रमुख सुशीला सिंह, कृष्णपुरकी रमिता राना, पुनर्वासकी शारदा विष्ट, दोधारा चाँदनीकी चिनी गिरी, शुक्लाफाँटाकी तुलसी हमाल, बेलडाँडीकी उपाध्यक्ष कमला कार्की र बेलौरीकी चित्रा चौधरी एमालेमै हुनुहुन्छ । ‘केही वडा अध्यक्षहरूलाई प्रलोभनमा पारेर तान्ने प्रयास भइरहेको छ । तर, हामी उहाँहरूलाई सम्झाइ बुझाइ गर्दैछौँ,’ बेदकोटका मेयर चन्द भन्नुहुुन्छ, ‘माधव नेपालको ठूलो प्रभाव भएको जिल्ला भए पनि एकताको पक्षमा उभिएर विभाजनकारीलाई गतिलो जवाफ दिएका छौँ ।’

यस्तै, जिल्ला समन्वय समितिका संयोजक खैरु तामाङ र उपप्रमुख सानु थापा पनि एमालेमै बस्नु भएको छ ।
विगतको जिल्ला कमिटी र स्थानीय तहका प्रमुख उपप्रमुखहरूमध्ये अधिकांश माधव नेपालका समर्थक थिए । ‘पार्टी फुटाउने माधवको कदमलाई उहाँहरू कसैले साथ दिनुभएन,’ कञ्चनपुरकी सांसद एवं केन्द्रीय सदस्य निरुदेवी पालले नेपाली बहससँग भन्नुभयो, ‘देशको पश्चिमी सिमाबाट हामीले एमाले बलियो भएको सन्देश प्रवाह गर्न सकेका छौँ ।’

झापाको आठ वटा नगरपालिकामध्ये ६ वटामा एमालेले जितेको थियो । दमकका प्रमुख रोमनाथ ओली शिवसत्ताक्षीका प्रमुख चन्द्रकुमार शेर्मा, कनकाईका प्रमुख राजेन्द्र पोखरेल, विर्तामोडका प्रमुख ध्रुवकुमार शिवाकोटी, भद्रपुरका मेयर जीवन श्रेष्ठ र अर्जुनधाराका हरि राना एमालेमै हुनुहुन्छ । कमल गाउँपालिका प्रमुख मेनुका काफ्ले एमालेमा हुनुहुन्छ ।

एमालेले आठैवटा नगरका उपप्रमुख जितेको थियो । जसमा दमककी गीता अधिकारी, कनकाईकी मञ्जु प्रसाईं, भद्रपुरकी चन्द्रा श्रेष्ठ, मेचीनगरकी मीना उप्रेती, गौरादहकी गीता भेट्वाल, अर्जुनधाराकी उपपमेयर कमला आचार्य, विर्तामोडकी पवित्रा महत्तरा, शिवसत्ताक्षीकी उपमेयर भोजकुमारी नेपाल एमालेमै हुनुुहुन्छ ।
एमालेले जितेका चार वटा गाउँपालिकाका उपाध्यक्षहरू चारै जना एमालेमा हुनुुहन्छ । जसमा कमल गाउँपालिकाका उपाधक्ष्य बेनु शिवाकोटी र हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी, बुद्धशान्तीकी मीरा भुर्तेल, झापा गाउँपालिकाकी कुन्तीदेवी बुढाथोकी एमालेको संस्थापन मै हुनुहुन्छ ।