काठमाडौं– एमालेको चुनाव चिन्ह सूर्य लिएर नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हृदयेश त्रिपाठी स्वतन्त्र सांसदको सूचीमा पर्नुभएको छ ।
संघीय संसद सचिवालयको आधिकारिक वेबसाइटमा प्रतिनिधिसभा सदस्यहरूको विवरणमा त्रिपाठी स्वतन्त्र सांसदको सूचीमा पर्नुभएको हो ।
स्वतन्त्र सांसदको पहिलो नम्बरमा छक्कबहादुर लामा र दोस्रो नम्बरमा त्रिपाठीलाई राखिएको छ ।
यसबारे संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अनभिज्ञता देखानुभयो । ‘उहाँ (हृदयेश त्रिपाठी) स्वतन्त्र सांसदको सूचीमा हुनुहुन्छ र,’ प्रतिप्रश्न गर्दै प्रवक्ता पाण्डेले भन्नुभयो, ‘यसबारेमा बुझ्छु ।’ –न्युज कारखाना





प्रतिक्रिया