काठमाडौं– दोस्रो मैत्रिपूर्ण खेलअन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरमा सकिएको हो ।
दुबै टोलीले अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफको अन्त्यतिर प्रशिक्षक अब्दुल्लाहले विशाल राई र अञ्जन विष्टलाई मैदान पठाउनुभएको छ ।
खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड मैदानमा उपस्थित हुनु भएको छ ।
पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ को बराबरी खेलेका थिए ।
नेपाली टिम :
गोलरक्षक : किरण चेम्जोङ
डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, पुजन उपरकोटी,
मिडफिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनिष डांगी, आयुष घलान
स्ट्राइकर : नवयुग श्रेष्ठ
प्रतिक्रिया