काठमाडौं- भारतसँगको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको छ ।
आज दशरथ रंगशालामा भएको खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।
नेपालका लागि तेज तामाङले मात्र गोल गर्न सफल भए । उनले दोस्रो हाफको ८६औँ मिनेटमा उत्कृष्ट गोल गर्न सफल भएका थिए ।
तेजको सो गोल खेल बराबरी गर्न पर्याप्त भएन । यसअघि दोस्रो हाफको ६२औँ मिनेटमा फारुख चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका थिए ।
त्यस्तै, भारतीय कप्तान सुनिल क्षेत्रीले ८०औँ मिनेटमा गोल गर्दै भारतको जित लगभग पक्का गरेका थिए । नेपालले आज पटकपटक गोल गर्ने अवसर पाएको थियो । तर, सदुपयोग गर्न भने सफल भएन ।
प्रतिक्रिया