काठमाडौं -नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले एमालेको आन्तरिक एकतामा आँखा नलगाउन अन्य दललाई चेतावनी दिनुभएको छ ।
आइतबार राती एक विज्ञप्ती जारी गर्दै पोख्रेलले सरकारले अलोकतान्त्रिक अध्यादेश ल्याएर एमालेका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधीलाई पार्टी चोइटिएको पार्टीमा जान पाउने बाटो खुला गर्नु अलोकतान्त्रिक कदम भएको बताउनुभएको छ । ‘२१ दिनको समयअवधी भित्र एमालेका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनीधीलाई चोइटिएको पार्टीमा लाग्न अन्य दलका नेता कार्यकर्ताले धम्क्याउने,प्रलोभन दिने जस्ता कामप्रति हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ’ पोखरेलले विज्ञप्तीमा भन्नुभएको छ ।
पोखरेलले देशैभरीका एमालेका जनप्रतिनिधीहरुलाई कसैको धाक धम्की वा प्रलोभनमा नपरी पार्टी विभाजनको विपक्षमा उभिन आहवान गर्नुभएको छ ।





प्रतिक्रिया