अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डको पोलिटिकल डिप्रेसनः पटक–पटक पार्टी विघटन गर्ने प्रस्ताव

प्रचण्डको पोलिटिकल डिप्रेसनः पटक–पटक पार्टी विघटन गर्ने प्रस्ताव


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पोलिटिकल डिप्रेसन कुन हदसम्म पुगेको रहेछ भन्ने दुई चार दिनयताका भाषण हेरेर प्रष्ट हुन सकिन्छ ।

एमालेसँग एकीकरणपछि पोलिटिकल सेफल्याण्डिङ महसुस गर्नुभएका दाहाललाई पार्टी चलाउन सकस परेको महसुस माओवादी केन्द्रका नेता कार्यकर्ताले गर्न थालेका छन् ।

प्रदेशका नेताहरु प्रशिक्षण दिँदै प्रचण्डले पार्टी बनाउन नसक्ने हो भने विघटन गर्नुपर्ने बताउनुभएको थियो । भदौ १७ मा लुम्बिनी, १८ मा बागमती र १९ गते प्रदेश १ का केन्द्रीय सदस्य, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरुलाई प्रचण्डले भर्चुअल सम्बोधन गर्दै एक सय बढी नेताहरुलाई मन्त्री बनाइसके पनि तीबाट आफूले सोचेजति साथ नपाएको गुनासो गर्नुभएको थियो ।

‘मैले आजसम्म प्रदेशका समेत गरेर सय बढीलाई मन्त्री बनाएछु,’ प्रचण्डले भन्नुभएको थियो, ‘तर, मन्त्री बन्ने, जनताको पक्षमा काम नगरी ती साथीहरु मलाई नै छोडेर जानुभयो, अब फेरि मन्त्री बनाउन दबाब दिइरहने संख्या बढ्दै गएको छ।’

प्रचण्डले दुई साताअघि काठमाडौंमा भएको कार्यक्रममा पनि पार्टी बनाउन नसके विघटन गर्नुको विकल्प नभएको बताउनुभएको थियो ।

जनाधार भएका नेताहरु टोपबहादुर रायमाझी, प्रभू साह, लेखराज भट्टको बहिर्गमन, नारायणकाजी श्रेष्ठलगायतको असहयोगका कारण प्रचण्डमा निरन्तर निराशा पैदा भइरहेको छ ।

निकटस्थहरुका अनुसार पार्टी एकीकरण गरेर प्रचण्डले माधव नेपाललाई नेतृत्व दिएर आराम गर्नेसम्मको सोच बाँड्नुभएको थियो ।