अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुसलधारे पानीले काठमाडौंमा चार सय घर डुबानमा

मुसलधारे पानीले काठमाडौंमा चार सय घर डुबानमा


काठमाडौं– गएरातिदेखि परेको मुसलधारे पानीले काठमाडौंमा चार सयभन्दा बढी घर डुबानमा परेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।

काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् भने एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।