अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी पास गराउन बाबुरामको आह्‍वान

एमसीसी पास गराउन बाबुरामको आह्‍वान


काठमाडौं- पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा.बाबुराम भट्टराईले मलेनियम च्यालेन्ज एकाउण्ट (एमसीसी) पास गराउन आह्वान गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का नेता समेत रहेका भट्टराईले समाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमसीसीबारे आफ्नो धारणा राख्नुभएको हो ।

डा.भट्टराईले आफ्नो स्टाटसमा लेख्नुभएको छ, ‘यसमा राष्ट्रिय सहमति गरौं : उच्चस्तरीय राजनीतिक कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, चीनसँगका, पारवहन लगायत सम्झौता कार्यान्वयन गरौ, अमेरिकीसँग चिठी आदानप्रदान सहित एमसीसी कार्यान्वयन गरौं ! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्रेछ भन्ने बुझौँ !