नेपालगञ्ज -नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसीले गर्दा मुलुकमा अर्को जटिल अवस्था आएको बताउनुभएको छ ।
आज राप्ती प्रादेशिक अस्पतालको भेटघाटपछि संवादाताहरुसँग महराले सो कुरा बताउनुभएको हो ।‘एमसीसीले गर्दा मुलुकमा अर्को जटिल परिस्थिती आयो’ महराले भन्नुभयो । त्यो जटिल परिस्थिती भनेको कस्तो हो भन्ने महराले खुलाउनु भएन ।
भदौ २३ गतेबाट हुने संसदको अधिवेशनमा नयाँ बजेट ल्याउने महराको भनाइ छ ।





प्रतिक्रिया