झापा– जिल्लाको विर्तामोड नगरपालिकामा दाजुको हत्या गरी फरार भएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–३ बस्ने ३७ वर्षीय भाइ रतन राजवंशी रहेका छन् ।
विर्तामोड–४ मा डेरा गरी बस्ने ५० वर्षीय भात्रु राजवंशी आइतबार बिहान साढे ७ बजे मृत फेला परेका थिए । शव सुत्ने कोठाभित्र फेला परेको थियो ।
उनी अटो रिक्सा चालक थिए ।
हत्याको खबरपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली खटिएको थियो ।
मृतक भात्रुका १५ वर्षीय छोरा देव नारायणले आफ्ना कान्छा काका रतनलालले बुवाको हत्या गरेको प्रहरीसमक्ष बताएका थिए । तर रतनलाल घटनास्थलबाट फरार भइसकेका थिए ।
प्रतिक्रिया