अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन : प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेस महाधिवेशन : प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने


काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिनुहुने भएको हो ।

कृष्णप्रसाद सिटौला समूहबाट उहाँले महामन्त्रीमा उम्मेदवारी दिन लाग्नुभएको हेो । ‘महामन्त्रीमा उम्मेदवारी दिने निश्चित छ, वडा अधिवेशन सकिएपछि उम्मेदवारी घोषणा गर्छु’, पौडेलले  भन्नुभयो ।

१३औँ महाधिवेशनमा पनि सिटौला समूहमा रहनुभएका पौडेल १४औँ महाधिवेशनमा पनि उहाँलाई साथ दिनुहुने भएको हो । १३औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बन्नुभएको गगन थापा अहिले रामचन्द्र पौडेल समूहमा जानुभएको छ ।

पौडेल समूहबाट उम्मेदवारी घोषणा भइसकेको छैन । तर, सो समूहमा रहनुभएका थापाले महामन्त्रीमा उठ्ने घोषणा गरिसक्नुभएको छ । आगामी २४ भदौमा कांग्रेस प्रवक्तासमेत रहनुभएका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहनुभएको छ । उहाँले संस्थापन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिन लाग्नुभएको हो ।

कांग्रेसको १४औँ महाधिवेशन आगामी ९-१३ मंसिरमा हुनेछ । –न्युज कारखाना