अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीपी प्रतिष्ठानमा झडप, उपकुलपति कार्यालयको ताला फोडियो

वीपी प्रतिष्ठानमा झडप, उपकुलपति कार्यालयको ताला फोडियो


सुनसरी– दुई महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लागेको ताला राजनीतिक दलका कार्यकर्ताले फोडिदिएका छन् ।

ओपिडी सेवा ठप्प हुने गरि संयुक्त संघर्ष समितिले आन्दोलन गरेपछि धरानमा रहेका क्रियाशील दल नेकपा एमाले, राप्रपा र संघीय लिम्बुवानका नेता तथा कार्यकर्ताहरूले प्रतिष्ठानका उपकुलपति कार्यालयमा लगाइएको ताला तोडेका हुन् ।

ताला फोड्ने क्रममा केहीबेर प्रतिष्ठान तनावग्रस्त बनेको थियो । त्यसक्रममा भएको दोहोरो झडपमा प्रहरी र राजनीतिक दलका कार्यकर्ता घाइते भएका छन् । ओपिडी सेवासमेत अवरुद्ध गरेर बिरामीहरुलाई दुःख दिएको भन्दै ताला फोड्न बाध्य भएको नेकपा एमाले धरान अध्यक्ष हर्क एभेङले जानकारी दिनुभयो ।

उहाँले अन्य कार्यमा आन्दोलनरत पक्षलाई सहयोग गरे पनि बिरामीको स्वास्थ्यमा खेलवाड गरेकाले प्रतिकारमा उत्रिएको बताउनुभयो । उहाँले बिरामीहरूमाथि अन्याय नगर्नसमेत आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

संघीय लिम्बुवानका जिल्ला अध्यक्ष अमर इजमले पनि शुद्धीकरण आन्दोलनप्रति समर्थन रहे पनि उपचार सेवा ठप्प नगर्न आग्रह गर्दा पनि नमानेपछि विरोधमा उत्रिएको बतानुभयो ।