काठमाडौं– गत २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १५ हजार ९७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण् पुष्टि भएको हो ।
त्यस्तै, आज १ हजार ७४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
आज तप २० स.क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित ३० हजार ९७३ सय छन् । यसैगरी हालसम्म निको हुनेको दर ९४.६ प्रतिशत रहेको छ ।
आज काठमाडौं उपत्यकामा ६०६ जनामा संक्रमण देखिएको छ । आज काठमाडौंमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन् ।





प्रतिक्रिया