अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई ओलीको प्रश्न : तुइनबाट नेपाली खसालिएको बारे भारतलाई थाहा दिन सक्नुहुन्न?

सरकारलाई ओलीको प्रश्न : तुइनबाट नेपाली खसालिएको बारे भारतलाई थाहा दिन सक्नुहुन्न?


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुला घटनाबारे सरकारले भारतलाई थाहा नदिएकोमा आपत्ति जनाउनुभएको छ ।

आज काठमाडौंमा युवा संघको कार्यक्रमलाइृ समबोधन गदैृ उहाँले महाकाली नदीमा भारतीय एसएसबीले तुइन चुँडाएर जयसिंह धामी बेपत्ता भएको घटनाबारे सरकारले भारतलाई किन थाहा दिएको भन्दै प्रश्न गर्नुभयो ।

‘तुइनबाट मान्छे खस्छ, बेपत्ता हुन्छ । त्यसबारे तपाईं बोल्नुहुन्न । नेपाली झारिन्छ भनेर प्रतिवेदन आउँछ । तर, पनि बोल्न सक्नुहुन्न । भारत भन्छ, थाहा छैन । भारतलाई नेपाल सरकारले किन थाहा दिन सक्नुहुन्न?,’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ।

उहाँले धामी महाकालीमा बेपत्ता भएको सम्बन्धमा भारत सरकारसँग प्रश्न किन नउठाएको भनेर सोध्नुभएको छ । ‘नागरिक मारिँदा पनि चुइक्क बोल्न सक्दैन? सडकमा लाठी लगाउन सक्छ त युवाहरू बोल्ने बित्तिकै ! यस्तालाई भन्छन् घरका बाघ वनका स्याल,’ अध्यक्ष ओलीले भन्नुभयो ।

पाँच दलको सरकार हुँदा पनि नेपाली नागरिकलाई महाकालीमा खसालेको विषयमा चुइँक्क बोल्न नसकेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो ।

नागरिकलाई उक्त घटनाको विरोध नगर्न विज्ञप्ति जारी गरेकोप्रति पनि अध्यक्ष ओलीले आलोचना गर्नुयो ।